कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बाराका सबै तहको अन्तिम नतिजा सार्वजनिक

कलैया उपमहानगरमा कांग्रेस उम्मेदवार निर्वाचित
कांग्रेस १ उपमहानगरसहित ६ मा, एमाले १ उपमहानगरसहित २ मा र संघीय फोरम ४, राजपा ३ र नेपाल लोकतान्त्रिक फोरम १ स्थानमा विजयी
लक्ष्मी साह

बारा — यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् ।

बाराका सबै तहको अन्तिम नतिजा सार्वजनिक

जिल्लाको सबै स्थनीय तहको अन्तिम नतिजा टुंगो लागेको छ । १६ स्थानीय तहमध्ये कलैया उपमहानगरपालिकासहित कांग्रेसले ६, जितपुर सिमरा उपमहानगरसहित एमालेले २, संघीय फोरम ४, राजपा ३ र १ वटा तहमा नेपाल लोकतान्त्रिक फोरमले विजयी हात पारेको छ ।

बुधबारको अन्तिम मत नतिजाअनुसार कलैया उपमहानगरमा कांग्रेसले मेयर/उपमेयर हात पारेको छ । मेयरमा राजेश यादव र उपमेयरमा रहीमा खातुनले विजयी भएका हुन् । यादवले एमालेका विनोद साहलाई ३ सय ६५ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । यादवले १० हजार ९ सय ३ मत ल्याए ।

यसै गरी खातुनले एमालेकी प्रतिस्पर्धी प्रतिमा यादवलाई ३ सय ४४ मतले पराजित गर्दै उपमेयरमा जितेकी हुन् । खातुनले १० हजार ७ सय १६ मत ल्याइन् । जितपुर सिमरा उपमहानगर र कोल्हवी नगरपालिकामा एमालेले विजयी हात पारेको छ । मेयर जितेको एमालेले जितपुर सिमरामा ७ वटा वडा मात्र जितेको छ । तेस्रो प्रतिस्पर्धी रहेको माओवादीले सबभन्दा बढी २७ वटा वडामध्ये १० वटा वडा जित्न सफल भएको छ ।

संघीय फोरमले ४ वटा र राजपा ३ वटा तह जितेर सिमित भएको छ । नेपाल लोकतान्त्रिक फोरमले १ वटामा जित हासिल गरेको छ । कांग्रेसले निजगढ र सिम्रौनगढ नगरमा मेयर मात्र जितेको छ, भने कलैया उपमहानगर कलैयासहित महागढीमाई नगर र करैयामाई गाउँपालिकामा मेयर/उपमेयर दुबैमा बाजी मारेको छ ।

कांग्रेस–माओवादी गठबन्धन रहेको निजगढमा कांग्रेसको मेयर जितेपनि एमाले उपमेयर जितेको छ । सिम्रौनगढमा कांग्रेसले मेयर जिते पनि राजपाले उपमेयर जितेको छ । मेयर जितेको सिम्रौनगढमा कांग्रेसले एउटै पनि वडा जितेको छैन् । यसैगरी गठबन्धन गरिएको निजगढमा माओवादीले उपमेयर पनि गुमाएर एउटै पनि वडा जित्न सकेन ।

संघीय फोरमले पचरौतामा मेयर मात्र जितेको छ, उपमेयरमा राजपाको हातमा पुगेको छ । यसबाहेक उसले फेटा, आदर्श कोतवाल र सुवर्णमा अध्यक्ष/उपाध्यक्ष दुबै ल्याउन सफल भएको छ । राजपाले प्रसौनी, परवानीपुर र देवताल गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष दुबैमा जित हासिल गरेको छ । नेपाल लोकतान्त्रिक फोरमले विश्रामपुर गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष दुबै जितेको छ ।

प्रकाशित : आश्विन ११, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?