प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौं — तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली कांग्रेस ४०, नेकपा (एमाले) १८, नेकपा (माओवादी केन्द्र) २१, (राजपा) राष्ट्रिय जनता पार्टी २५, संघीय समाजवादी फोरम नेपाल २६, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।

Yamaha

स्थानीय तहको निर्वाचनको परिणाम आएसँगै नेपालको संविधानको कार्यान्वयनको एक चरण पूरा भएको छ ।

प्रकाशित : आश्विन १२, २०७४ ०९:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पीएसजीसँग बायर्न स्तब्ध

एएफपी

पेरिस — एडिसन कभानी र नेयमारले दुवैले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले बुधबार राति युरोपेली च्याम्पियन्स लिगको हेभिवेट भिडन्तमा बायर्न म्युनिखलाई सजिलै ३–० ले स्तब्ध पारेको छ । दिनका अन्य खेलमा अरु प्रमुख क्लब भने विजयी रहे ।

समूह ‘बी’ को खेलमा पीएसजीले प्रतिसपर्धा सुरु भएको ९० सेकेन्डमै डानी एल्भेसको गोलले अग्रता लिएको थियो । यसै समूहको अर्को खेलमा सेल्टिकले एन्डरलेटलाई समान ३–० ले हरायो ।

समूह ‘ए’ बासेलले बेनफिकालाई ५–० र म्यानचेस्टर युनाइटेडले सीएकेए मस्कोलाई ३–० ले हरायो । समूह ‘सी’ मा अर्को इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले एटलेटिको म्याड्रिडको घरमा २–१ को महत्त्वपूर्ण जित निकाल्यो ।

समूहको अर्को खेलमा एएस रोमाले क्वोराबागलाई २–१ ले पन्छायो । यस्तै समूह ‘डी’ मा युभेन्ट्सले ओलम्पियाकोसलाई २–० र बार्सिलोनाले स्पोर्टिङ सीपीलाई १ –० ले हरायो ।

प्रकाशित : आश्विन १२, २०७४ ०९:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT