प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन क्रममा केही स्थानमा विस्फोट तथा झडप भएका छन् । अर्घाखाँचीका दुई मतदान केन्द्रमा मतदान स्थगित भएको छ भने मतदान सकेर मतपेटिका ओसार्ने क्रममा सिन्धुली र मकवानपुरमा विस्फोट भएका छन् ।
सदरमुकामस्थित त्रिभुवन मावि मतदानस्थलका दुई केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी महिला खटिएका छन् । मतदान केन्द्र ‘क’ मा महिला विकास अधिकृत अनिता ज्ञवाली र ‘ख’ मा जिल्ला प्रशासन कार्यालयकी नासु दुर्गा खनाल मतदान अधिकृत खटिएका छन् ।
साबिक पिप्राबसतपुर गाविसमा चारपटक अध्यक्षको जिम्मेवारी पाएका ६२ वर्षीय देवदत्त बछाड स्थानीय तह पुन:संरचनापछि गाउँपालिकाको पनि अध्यक्ष चुनिएका छन् । कांग्रेसबाट बारागढी गाउँपालिकाको अध्यक्ष जितेका उनलाई अहिले शुभकामना र बधाई थाप्दै फुर्सद छैन ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो ।
यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् ।
माटोले लिपेको, खर र टायलले छाएका घरले भरिएको झुरुप्प बस्ती । गाउँ ब्लक जग्गामा बसेको यो बस्तीमा पुग्दा बालबालिका यत्रतत्र दौडिरहेका थिए । महिला र युवा झुम्मिएर भलाकुसारी गरिरहेका थिए । बस्तीमा खुसीको सीमै थिएन ।
जनकपुर उपमहानगरपालिकाको नाममा ‘धाम’ थपिने भएको छ । नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले ‘जनकपुरधाम उपमहानगरपालिका’ नामकरणको निर्णय गरेको हो ।