१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

डोल्पामा मतगणना सुरु, यस्तो छ पछिल्लो नतिजा

डोल्पा (दुनै) — ढिलो गरी मतगणना सुरु भएको डोल्पामा ३ घण्टापछि पहिलो मतपरिणाम बाहिर आएको छ ।

डोल्पामा मतगणना सुरु, यस्तो छ पछिल्लो नतिजा

जसअनुसार गणना भएको प्रतिनिधि सभाको मत एक हजार एक सय ६७ मध्ये एमालेका धनबहादुर बुढाले आठ सय ४२, नेपाली कांग्रेसका अंगदकुमार बुढाले दुई सय ७७ र नेकपा (माले) का हर्कबहादुर ठकुल्लाले १७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनबहादुर शाहीले एउटा मत पनि प्राप्त गरेका छैनन् । ३१ मत बदर भएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए ।

त्यसै गरी प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र क मा गणना भएको ७ सय ४४ मत मध्ये एमालेका नन्दसिंह बुढाले ५ सय ५१ र नेपाली कांग्रेसका वेगमसिंह ठकुरीले १ सय ८७ मत प्राप्त गरेका छन् । प्रदेश सभा तर्फ ६ वटा मत बदर भएका छन् ।

प्रदेश क्षेत्र ख को मतगणना भने सुरु भएको छैन । गणना गर्ने ठाउं समस्याका कारण प्रदेश क को गणना सकिए पछि प्रदेश ख को मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

बेलुकी ९ बजेर २५ मिनेटमा गणना सुरु भएको मतगणना साढे १२ बजेसम्मको मतगणनाको अपडेट मात्र सार्वजनिक भएको छ । शुक्रबार बेलुकासम्म सबै मतपरिणाम आउने गरी गणना भइरहेको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताए ।

प्रकाशित : मंसिर २२, २०७४ ०१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?