नारी नेपाली
फाल्गुन २४, २०७५
ADVERTISEMENT

'सधैं कति प्रश्न मात्रै ?'

तीन दशकअघि मोटरसाइकल मर्मत गर्नुका साथै त्यसका पाटपुर्जा बेच्ने काम रोज्दा मीनर्भा बज्राचार्यलाई हेरेर धेरैले अचम्म मान्थे  । अहिले त प्राविधिक गतिविधि वा शारीरिक बल पर्ने काममा महिलालाई कम आँकिन्छ भने तीस वर्षअघि कस्तो हुँदो हो ?

नीति निर्माणमा

संघीय संसद्का दुइटा सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका हरेक बैठकमा प्रवेश पाइरहेको एउटा विषय हो— कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या  । पन्तको हत्या भएदेखि अहिलेसम्मका करिब सबै बैठकमा कुनै न कुनै सांसदले आफ्नो बोल्ने पालोमा यो विषय प्रवेश गराउँछन्  ।