उपत्यका
वैशाख १०, २०७६

खोलाकै सफाइ

काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबी खोला किनारका बस्तीलाई वर्षायाममा डुबानबाट जोगाउने प्रयास थालेको छ । त्यसका लागि खोलो फराकिलो बनाउन धमाधम माटो निकाल्ने काम सुरु भएको छ ।

औषधि पाउँदैनन् हेमोफिलियाका बिरामी

भक्तपुरका २१ वर्षीय ओम साखकर्मीको जन्मिँदा शरीरमा निलाडाम थिए । बामे सरेर हिँड्ने बेला कतै ठोक्किएर चोटपटक लाग्दा धेरैबेर रगत बग्थ्यो । खुट्टा टेकेर हिँड्ने भएपछि जोर्नी र गोलीगाँठा सुन्निन थाले ।

वैशाख ९, २०७६

फेरि अल्झियो वाग्मतीको काम

मुआब्जा नदिएसम्म काम अघि बढाउन नदिने भन्दै स्थानीयले ‘वाग्मती ब्युटिफिकेसन’ को काम पुनः ठप्प पारेका छन् तर पन्ध्र दिन बितिसक्दा पनि सरोकारवाला निकाय सहरी विकास मन्त्रालयले चासोसमेत देखाएको छैन ।

वैशाख ८, २०७६

छुट्नेबित्तिकै पक्राउ परे पत्रकार महर्जन

राज्यविरुद्धको मुद्दा खेपिरहेका पत्रकार जितेन्द्र महर्जन आइतबार रिहा हुनासाथ सर्वोच्च अदालतको गेटबाटै पुन: पक्राउ परेका छन् । नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दिएको बन्दी-प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइपछि महर्जन रिहा भएका थिए ।

ADVERTISEMENT

जेब्राक्रसमा असुरक्षा

राजधानीका व्यस्त सडकमा बाटो काट्नै डर मर्नु भएको पैदलयात्रुको अनुभव छ । उपत्यकाका साँघुरा र व्यस्त सडकमा भगवान सम्झेर बाटो काट्नुपर्ने शंङखमूलकी मीना थापाले बताइन् । ‘जेब्राक्रसबाटै बाटो काट्न डरलाग्दो अवस्था छ,’ उनले भनिन् ‘जेब्रामा मान्छे देखेर पनि सवारी चालकले गति नघटाएर उल्टै हुइँकिएर आउने गर्छन् ।’

जात्रालाई बजेट रोक्का

पुरातात्त्विक महत्त्वका जात्राको प्रवर्द्धन तथा सञ्चालन गर्न संस्कृति मन्त्रालयले स्थानीय गुठीलाई दिने बजेट रोक्का गरेको छ । मन्त्रालयले प्रत्येक गुठीलाई २५ हजार रुपैयाँदेखि डेड लाख रुपैयाँसम्म अनुदान दिने गरेको थियो ।

धाः बाजा महोत्सव

दिवसको अवसरमा कीर्तिपुर नगरपालिकाले नेवारी संस्कृति झल्काउने महोत्सव गरेको छ । कीर्तिपुरको पाँगा, ल्हाछीमा भएको नेवारी संस्कृति जर्गेना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको सहसंयोजक विनोद महर्जनले बताए ।

पाटीलाई सहयोग जुट्दै

भूकम्पले क्षतिग्रस्त खोकनास्थित बांज पाटी पुनर्निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ । स्थानीय बासिन्दा यसै आर्थिक वर्षभित्र पाटी बनाउने योजना छन् । पाटी नहुदाँ उनीहरूलाई संस्कृति संरक्षणमा समस्या परेको छ । नेपाल भाषामा बांजको अर्थ बाजागाजा हुन्छ ।

वैशाख ७, २०७६

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको द्यो ब्वय्केगु पूजा अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भक्तपुरमा नवदुर्गा भवानीको द्यो ब्वय्केगु पूजाको अवलोकन गरेकी छन् । भक्तपुर उद्योग वाणिज्य संघले स्वर्णजयन्ती अवसरमा गरेको द्यो ब्वय्केगु पूजाको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन् । उनले नवदुर्गा भवानीको गणनाचले नाच्ने ईना ज्वनेगु प्याखः अवलोकन गरिन् ।

ADVERTISEMENT

पत्रकार महर्जनलाई राज्यविरूद्वको मुद्दा, आइतबार सर्वोच्चमा सुनुवाइ

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट जनपत्रकार संगठनका काठमाडौं  संयोजक जितेन्द्र महर्जनलाई राज्य विरूद्वको कसुरमा मुद्दा चलाइएको छ । चैत्र २८ गते पक्राउ परेका महर्जनलाई  महानगरीय प्रहरी परिसर टेकुले राज्य विरूद्वको कसुरसम्बन्धी मुद्दा लगाएको हो ।

औषधि कमको विधि

मोरङ, शनिश्चरेकी ४२ वर्षीया सबु अधिकारी राजधानी बस्न थालेको दुई दशक हुन लाग्यो । तर, उनले सधैंसधैं रोगसँग पौंठेजोरी खेल्नुपर्‍यो । अनेक अस्पताल, उपचार विधि र औषधिको भरमा उनको पौंठेजोरी चलिरहृयो ।

जमिन आधा सडक, आधा नदीमा

पच्चीस वर्षअघि कित्ता नम्बर २६९ को जमिन विष्णुमाया पुडासैनीको नाममा थियो । अधिकार सम्पन्न एकीकृत वाग्मती आयोजना लागू भएपछि यो ११३१ र ११३२ गरी दुई कित्तामा विभाजन भयो । कित्ता नम्बर ११३१ सडकमा पर्‍यो । ३१३२ खोलातिर पर्‍यो ।