२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

निष्ठूरीलाई ‘स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार’

पाँचथर — पत्रकार महासंघ, पाँचथर शाखाले स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठूरीलाई पुरस्कृत गर्ने भएको छ ।

प्रेस स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्र बहालीमा उल्लेखनीय योगदान पुर्‍याए वापत उनलाई पुरस्कृत गरिएको महासंघले जनाएको छ ।
 पाँचथर शाखाको कार्यसमिति बैठकले निष्ठूरीलाई ११ हजार एक सय ११ रुपैंया राशीको उक्त पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन प्रदान गरिने शाखाले जनाएको छ ।
यसैगरी, गणतन्त्र दिवसकै दिन शाखाले ५ हजार ५ सय ५५ रुपैयाँ राशीको स्व. हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कार र खेलकुद पत्रकारिता पुरस्कारसमेत वितरण गर्ने जनाएको छ ।
 

प्रकाशित : वैशाख ९, २०७२ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?