कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बिस्फोटबाट सेनाको मृत्यु

दुर्गालाल केसी

दाङ — माछा मार्ने क्रममा बिस्फोटक पदार्थ पड्किँदा बिहीबार दाङको लमहीमा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ ।

लमही नगरपालीका वडा-११ कोलही नजिकको राप्ती नदीमा माछा मार्ने क्रममा बिस्फोटक पदार्थ पड्किँदा सोही ठाउँ निवासी ३१ वर्षीय मंगलप्रसाद चौधरीको मृत्यु भएको हो ।

नेपाली सेनाको कालीदल गण सुर्खेतमा कार्यरत चौधरी बिदामा घर आएको बेला माछा मार्न राप्ती नदी गएका थिए । बिस्फोटबाट चौधरीको घट्नास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको शाहीले बताए ।

प्रकाशित : कार्तिक २६, २०७२ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?