मोर्चा कार्यकर्ताले नयाँ शक्तिका नेतालाई बोल्न दिएनन

सर्लाही — मधेशी मोर्चाको सभामा बुधवार बावुराम भट्टराई सम्बद्ध नयाँ शक्तिका नेताले सम्बोधन गर्न खोजेपछि मोर्चा कार्याकर्ताले रोकेका छन्  ।


मोर्चाको बिरोध प्रदर्शनमा कहिल्यै सहभागी नभएको भन्दै कार्यकर्ताले तिव्र बिरोध गरेपछि कार्यक्रम बिथोलिएको थियो ।
मोर्चाले अपरान्ह लाठि जुलुस निकालेपछि कृष्णमती विद्यालय परिसरमा आयोजित कोणसभामा नयाँ शक्तिका नेता रामरिझन यादव, रामचन्द्र झा र रामकुमार शर्मा उपस्थित थिए ।
मोर्चाले माग पुरा गर्न दवावका लागि मलंगवामा अपरान्ह लाठि जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शनमा ग्रामीण भेगवाट समेत कर्याकर्ता सहभागी थिए ।

प्रकाशित : पुस १५, २०७२ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?