कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

रोकिएको बसलाई ठक्कर दिँदा २ को मृत्यु

भवानी भट्ट

कञ्चनपुर — पूर्व पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको भलारी पिपलाडी नगरपालिकामा पर्ने शुक्लाफांटा वन्यजन्तु आरक्षको अर्जुनी क्षेत्रमा रोकिएको बसलाई पछाडीबाट आएको बसले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ । घट्नामा अन्य २ घाइते भएका छन् ।


मृत्यु हुनेमा बस मर्मत गर्ने मिस्त्रि कृष्णपुर नगरपालिका १ दोमिल्लाका मदन राज पन्त र बस साहु अत्तरिया नगरपालिका १३ का ५३ वर्षिय देवदत्त रोस्यारा रहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । उनीहरुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवैजना बस मर्मत गरिरहेका थिए ।
यसैगरि घाइते हुनेमा अत्तरियाकि शारदा भुल र लालपुर विष्णु भाट रहेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरिक्षक सुधाम रावलले बताए । उनीहरु महेन्द्रनगबार धनगढीतर्फगईरहेको बसका यात्रु हुन् । घाइते दुवैजनाको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक रावलले बताए ।
अर्जुनीको वन क्षेत्रमा बिग्रिएर मर्मत भईहेको सुदूरपश्चिम यातायातका ना ४ ख ४०३५ नम्बरको बसलाई महेन्द्रनगरबाट धनगढीतर्फ गईरहेको महाकाली यातायातको ना ५ ख १४१५ नम्बरको बसले बुधबार बिहान ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २२, २०७३ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?