१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दुई दिनको बाटोलाई १४ दिन

राजबहादुर शाही

मुगु — नेपालगञ्ज देखि गाडीमा गमगढी आई पुग्न दुई दिन लाग्ने गरेको भएपनि बर्षातले सडक भत्किदा १४ दिन लाग्न थालेको छ ।

दुई दिनको बाटोलाई १४ दिन

सोमबार नेपालगञ्ज देखि करिव १४ दिन लगाएर मालबाहक ५ वटा गाडी धौधौ गरि गमगढी आइपुगेका छन् । अगाडि दुई वटा डोजरले पहिरो पन्छाउदा पछाडि गाडी गुडाउदै ल्याइएको छ । 

भारी बर्षातले कर्णाली राजमार्ग हुदै नाग्मा देखि गमगढी सम्मको ९४ किलोमिटर सडक खण्डको बिभिन्न स्थानमा पहिरो गएपछि गाडी आवत जावत गर्न निकै मुश्किल भएको छ ।

दुई दिनको बाटोमा चौध दिन लगाएर बल्ल गाडी पुर्‍याई कामना स्टोरकी साहुनी बाँचुकला रावतले भनिन् पहिरोले गर्दा निकै कष्ट भयो डोजरले पन्छाउदै फेरी पहिरो आएर सडक अबरुद्ध हुन्छ ।

सडक डिभिजन कार्यालय जुम्लाले नाग्मा देखि भत्किएको सडक डोजर लगाएर पन्छाउदै ल्याएपछि केही सहज भएपनि बषर्ा नरोकिदा पटक पहिरो आउने गर्छ । 

प्रकाशित : श्रावण ३१, २०७३ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?