कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करेन्टबाट इलाममा दुईको मृत्यु

इलाम — करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ ।

महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

भीमदत्तनगर–नुहाउनका लागि पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर शुक्रबार कञ्चनपुर, भीमदत्त नगरपालिका–८ मटेनाका ६३ वर्षीय धर्मानन्द पन्तको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तार जोड्ने क्रममा पन्तलाई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बम नेतृत्वको टोली घटनास्थल पुगेको थियो । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । रासस

प्रकाशित : पुस १६, २०७३ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?