जंगलमा विष्फोटक पदार्थ भेटियो

सुदीप कैनी

गोरखा — गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जंगलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ ।

जंगलमा विष्फोटक पदार्थ भेटियो

स्वाँरा गाविस–९ थला जंगलको ओडारमा तीन हजार नौ सय ४१ थान इलोक्ट्रोनिक डेटोनेटर भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीले बोरामा शंकास्पद वस्तु देखेपछि आइतबार प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय जौवारीबाट गएको प्रहरी निरीक्षकको टोलीले उक्त सामग्री बिष्फोटक पदार्थ पड्काउन काम लाग्ने डेटोनेटर भएको पुष्टि गरेको प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले जानकारी दिए ।

द्वन्द्वको समयमा विद्रोही पक्षले लुकाई राखेको हुन सक्ने उनले अनुमान गरे । ‘भेटिएको सामग्री सदरमुकाम ल्याउने तयारी भएको छ,' उनले भने । डेटोनेटर बम बनाउन प्रयोग गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १८, २०७३ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?