कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्ती आतंकले बीस घर विस्थापित

कमल पन्थी

गुलरिया (बर्दिया) —
हात्तीको आतंकले कर्णालीको भंगालो गेरुवा नदी किनारका बस्ती र जिल्लाको पश्चिम उत्तरी क्षेत्र असुरक्षित हुन थालेका छन् ।

हात्तीले पाताभार—४ राजीपुरका र पाताभार—७ सर्कल भटेरका बीस घर परिवारका एक सय बढी सदस्य त्रासले शुक्रबार गाउँ छाडेर विस्थापित भएका छन् । विस्थापित भएका बिहानी बजार थापापुरस्थित आफ्नै घर भएका र घर भाडा लिई बसेका रहेका पाताभार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यम बहादुर थापाले बताए ।

निकुन्ज र उपभोक्ता समितिले तत्कालका लागि विस्थापितका लागि खाद्यान्य र घर भाडाको व्यवस्था गरेको छ ।

‘राजीपुरमा रहेका ५२ घर परिवार मध्ये एक दुई दिन भित्र पुरै बस्ती घर छाड्ने तयारीमा छन् । जंगली हात्ती निकै आक्रमक हुन थालेपछि राजीपुर र सर्कल भटेराका बस्ती निकै आतंकित भएको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बताए ।

दुई साता यता राजीपुर र सर्कल भटेरामा जंगली हात्तीले ४० वटा घर भत्काउँदै घर क्षति पुर्‍याइसकेको निकुन्जले जनाएको छ । उक्त घटना सदरमुकाम गुलरियाबाट करिब ६५ किमी पश्चिम उत्तर कर्णाली नदीको भंगालो गेरुवा नदी नजिक पर्द छ ।

प्रकाशित : पुस २२, २०७३ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?