१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हिउँले सकस

दार्चुला — जिल्लामा दोस्रोपटक हिमपात भएको छ । शनिबार बिहानैबाट मौसममा बदली भएर लेकाली क्षेत्रमा हिउँ पर्न थालेपछि स्थानीय जनजीवन प्रभावित भएको छ ।

जिल्लाका घुसा, खण्डेश्वरी, राप्ला, सितोला, गुल्जर, सुन्सेरा, इयरकोटलगायत दर्जन बढी गाविसका बस्तीमा हिउँ परेको इयरकोटका शिक्षक जनकराज भट्टले बताए । यस्तै पश्चिम तराईमा वर्षा भएको छ । लामो समयपछि हिउँदे याममा पहिलोपटक वर्षा सुरु भएको हो । गत वर्षहरूझैं शीतलहर कम रहेको पश्चिम तराईमा शनिबार ०.४ मिलिलिटर वर्षा भएको हावापानी विभाग अत्तरियाले जानकारी दिएको छ । 

प्रकाशित : पुस २४, २०७३ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?