ट्याक्टर दुर्घटनामा एकको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — चालक नभएको मौकामा सहचालकले चलाएको ट्याक्टर बूढाथुममा दुर्घटना हुँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ भने सहचालक आफै सख्त घाइते भएका छन् ।


बूढाथुम–५ स्थित वागमारेबाट बूढाथुमतर्फ ढलान गर्ने दारकाठ बोकेर आउँदै गरेको ग १ च १११४ नंबरको ट्याक्टर अनियन्त्रित भइ ग्रामीण सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिकर्मी काम गर्ने गोरखा जिल्ला मान्बु–८ निवासी १९ वर्षीय कुमार गुरुङ च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

चालक घरबिदामा गएको बेला सहचालक पूर्ण नेपालीले ट्याक्टर चलाएका थिए । नेपाली आफैं घाइते पनि भएका छन् ।

प्रकाशित : पुस २८, २०७३ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?