लागुऔषधसहित चौधरी पक्राउ

देवनारायण साह

मोरङ — प्रहरीले हात्तीमुडा-८ स्थित राहुल पेट्रोल पम्प नजिकबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

सुन्दरदुलारी १ का १८ वर्षीय सबिन चौधरीलाई इलाका प्रहरी निमुवाबाट खटिगएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट फेनारगन ८ एम्पुल, डाइजेपाम्प ९ एम्पुल, लुप्रिजेसिक ८ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । चौधरीलाई इलाका प्रहरी निमुवाले थप अनुसन्धान गरिरहेको प्रहले जनाएको छ ।

प्रकाशित : पुस २८, २०७३ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?