दुई दिनदेखि पूर्वमा एडिएसएल अवरुद्ध

आनन्द गौतम

ताप्लेजुङ — बुधबार बिहान १०:४५ देखि अवरुद्ध नेपाल टेलिकमको एडिएसएल सेवा बिहीबारसम्म पनि सञ्चालनमा आएको छैन । झापाको बुधबारेमा अप्टिकलमा समस्या देखिएको दुरसञ्चार कार्यालय इलामका प्रमुख कमल भट्टराईले बताए ।

बुधबार बिहान १०:४५ देखि अवरुद्ध नेपाल टेलिकमको एडिएसएल सेवा बिहीबारसम्म पनि सञ्चालनमा आएको छैन ।

झापाको बुधबारेमा अप्टिकलमा समस्या देखिएको दुरसञ्चार कार्यालय इलामका प्रमुख कमल भट्टराईले बताए । यसले ताप्लेजुङ, पाँचथर र इलाममा प्रभाव पारेको छ । भट्टराईका अनुसार बनाउने प्राविधिकहरु काठमाडौंबाट हिँडेका छन् । सम्भवत: आज बेलुकादेखि सञ्चालनमा आउने अपेक्षा गरिएको उनले बताए ।

पछिल्लो समय यी जिल्लामा एडिएसएलमा बारम्बार समस्या आइरहेको छ । सडक निर्माण गर्ने, खानेपानीको पाइप बिछ्याउने जस्ता कार्यमा तारहरु बिगार्ने हुँदा समस्या आएको भट्टराई बताउँछन् ।

प्रकाशित : पुस २८, २०७३ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?