कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिनालाइसेन्स गाडी चलाउँदा दुर्घटना

बझाङ — चैनपुरबाट शनिबार रुवातोला जाँदै गरेको से१ज ५६२ नम्बरको जिप भोपुरको कपडे भन्ने ठाउँमा दुर्घटना भयो । सडकबाट करिब सय मिटर तल सेती नदी किनारमा जिप खसेको थियो । जिप चालक सुरेन्द्र बोहराको अनुमतिपत्र छैन ।

बिनालाइसेन्स गाडी चलाउँदा दुर्घटना

दुर्घटनामा रिलु गाविसका ४५ वर्षीया लालबहादुर बोहराको घटनास्थलमै मृत्यु भयो । पाँच जना घाइते भए । मृतक बोहरा जिल्ला पशु सेवाको तल्कोट सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन । घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । उनीहरूको कोहलपुरमा उपचार भइरहेको छ । संयोग के परेको छ भने गत असार ८ गते सुनिकोटबाट चैनपुर आउँदै गरेको यहीे जिप भोपुरमा दुर्घटना भएको थियो । त्यतिबेला एक गम्भीर घाइते भए । चालक थिए सुरेन्द्र नै ।

साउनयता मात्र बझाङमा आठवटा जिप दुर्घटनामा परे । विभिन्न ठाउँमा भएका दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् । १५ जना अंगभंग हुने गरी घाइते भए । यी दुर्घटनाको प्रकृति नियाल्दा अधिकांश लाइसेन्सबिनाका चालकले चलाउँदा दुर्घटना भएको प्रहरी नै स्विकार्छन् । ‘सुरेन्द्रलाई असारको दुर्घटना हुँदा नै गाडी चलाउन नपाइने गरी कारबाही गरेको भए शनिबार घटना पुन: दोहोरिने थिएन,’ एक ट्राफिक जवानले भने, ‘लालबहादुरले अनाहकमा ज्यान गुमाउनुपर्ने थिएन ।’ 

उनका अनुसार यहाँ धेरै मनपरी छ । जसले जे गरे पनि हुन्छ । धेरैजसो जिप र मोटरसाइकल चालक लाइसेन्सबिनाका भएको उनी बताउँछन् । भर्खर खुलेको कच्ची बाटोमा अपरिपक्व चालकले हाँक्दा दुर्घटना बढेको र धेरैले अकालमा ज्यान गुमाए पनि नियामक निकायले चुपचाप बसेको स्थानीयको गुनासो छ । चालक अनुमतिपत्र नभएकाले गाडी चलाउने गरेको गुनासो आफूकहाँ पनि आएको र ट्राफिक पोस्टका कर्मचारीलाई जाँचमा कडाइ गर्न निर्देशन दिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

प्रकाशित : माघ १७, २०७३ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?