१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

घरकै बाकसमा मृत भेटिए बालक

दुर्गालाल केसी

दाङ — दाङमा आइतबार एक बालक आफ्नै घरको बाकसमा मृत फेला परेका छन् । शनिबार घरबाट हराएको भनिएका पञ्चकुले–८ ढोलपुरका चित्रबहादुर डाँगीका ७ वर्षीय छोरा दिपेश आइतबार बिहान आफ्नै घरको बाकसमा मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिएका छन् ।

दाङमा आइतबार एक बालक आफ्नै घरको बाकसमा मृत फेला परेका छन् ।

शनिबार घरबाट हराएको भनिएका पञ्चकुले–८ ढोलपुरका चित्रबहादुर डाँगीका ७ वर्षीय छोरा दिपेश आइतबार बिहान आफ्नै घरको बाकसमा मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिएका छन् ।

शनिबार दिउँसो दिपेश हराएको भन्दै घरपरिवारले स्थानीय प्रहरीलाई खबर गरेका थिए । बालक हराएको खबर पाएपछि प्रहरी र स्थानीयले दिनभरी खोजतलास गर्दा पनि फेला परेका थिएनन् । आइतबार बिहान हजुरआमाले बाकस खोल्दा नाति बाकसभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म मृत्युको कारण खुल्न नसकेको डीएसपी तिम्सिनाले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १, २०७३ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?