कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय नम्बर प्लेटका टेम्पो चालकले गरे १ घण्टा नाकाबन्द

पवन यादव

रौतहट — रौतहटको गौर भन्सार र भारतको बैरगनिया जोडने मितेरी पुलको भारतछेउमा बुधवार भारतीय नम्बर प्लेटको टेम्पो चालकहरुले गरेको नाका बन्द गरेका छन् ।

भारतीय नम्बर प्लेटका टेम्पो चालकले गरे १ घण्टा नाकाबन्द

उनीहरुले भारतीय टेम्पोलाई गौर बसपार्कसम्म सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै दिउँसो पौने १२ बजे देखि पौने एक बजेसम्म पुलमा टेम्पो तेर्स्याए नाका बन्द गरेका थिए ।

मागबारे सुनुवाई नभए बिहिबारदेखि अनिश्चितकालको लागी नाकाबन्द गर्ने चेतावनी उनीहरुले दिएका छन । लामो समयदेखि निर्वाध रुपमा सञ्चालनमा रहेको टेम्पोलाई एकाएक विस्थापित गर्न नपाइने अडान उनीहरुले राखेका छन‍् । टेम्पो चालकले नाका बन्द गरेपनि दुवै देशका सुरक्षाकर्मी हेरेर बसेका थिए ।

प्रकाशित : फाल्गुन ४, २०७३ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?