कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

राहदानी किर्ते गर्ने पक्राउ

कान्तिपुर संवाददाता

मोरङ — राहदानी किर्ते मुद्दाका फरार प्रतिवादीलाई २२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले विशेष सुराकीका आधारमा सिरहा १२ का कामेश्वर साहलाई पक्राउ गरेको हो ।

सिरहा जिल्ला अदालतले २०५१ चैत ३० गते साहलाई राहदानी किर्ते मुद्दामा १ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो । लुकिछिपी बस्दै आएका साहलाई उनकै घरबाट पक्राउ गरी कैद जरिवाना असुलीका लागि जिल्ला अदालत सिरहामा बुझाएको प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७३ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?