कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरार अभियुक्त १३ वर्षपछि पक्राउ

दिपेन्द्र शाक्य

संखुवासभा — जीउ मास्ने, बेच्ने मुद्दा लागेका संखुवासभा शीत्तलपाटीका मानबहादुर श्रेष्ठलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा उनलाई गाउँमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालतले २०६१ जेठ ३२ मा ९ वर्ष १ महिना २२ दिन कैद र ४८ हजार जरिवाना तोकेको थियो । पक्राउपछि उनलाई जिल्ला अदालत चैनपुरमा बुझाईएको डीएसपी गौतमकुमार केसीले बताए । श्रेष्ठ मुद्दा लागेदेखि फरार थिए । 

प्रकाशित : फाल्गुन १४, २०७३ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?