क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा तालाबन्दी

रमेशचन्द्र अधिकारी

धनकुटा — माग सुनुवाई नभएको भन्दै स्वास्थ्यकर्मीहरुले पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटामा मंगलबार अपरान्ह तालाबन्दी गरेका छन् । स्वास्थ्यकर्मीको पूर्वाञ्चल क्षेत्रीय ट्रेड युनियन संघर्ष समितिमा आबद्ध कर्मचारीले निर्देशनालयमा तालाबन्दी गरेको हो ।

माग सुनुवाई नभएको भन्दै स्वास्थ्यकर्मीहरुले पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटामा मंगलबार अपरान्ह तालाबन्दी गरेका छन् ।

स्वास्थ्यकर्मीको पूर्वाञ्चल क्षेत्रीय ट्रेड युनियन संघर्ष समितिमा आबद्ध कर्मचारीले निर्देशनालयमा तालाबन्दी गरेको हो । स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन तथा हाल कार्यरत तहगत जिम्मेवारीसहितको व्यवस्थापन गरिनु पर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ । यसअघि सम्बन्धित निकायमा ज्ञापन पत्र तथा माग पत्र बुझाइसके पनि सुनवाई नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको संघर्ष समितिका संयोजक जाकिर हुसेनले बताए ।

क्षेत्रीय निर्देशक विष्णुबहादुर बस्नेतसहित लेखा तथा प्रशासन शाखामा समेत तालाबन्दी गरिएको छ । तालाबन्दीका कारण कार्यालयको काम दिनभर ठप्प रहेको छ । यसबारे जानकारी लिन क्षेत्रीय निर्देशक बस्नेतसंग सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् ।

प्रकाशित : फाल्गुन १७, २०७३ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?