सुर्खेत क्याम्पस (शिक्षा)मा अनेरास्ववियुको वर्चश्च

प्रकाश अधिकारी

सुर्खेत — मध्यपश्चिमकै ठूलो मानिने वीरेन्द्रनगरस्थित सुर्खेत क्याम्पस (शिक्षा)मा अनेरावस्ववियुले कोषाध्यक्षबाहेक सबै पदमा जित हात पारेको छ । सभापतिमा अनेरास्ववियुका चक्रबहादुर शाहीले अखिल (क्रान्तिकारी)का महेश जीसीलाई १२ मत अन्तरले पराजित गरे । सचिवमा शाही प्यानलकै हिक्मत बस्नेत विजयी भए ।

मध्यपश्चिमकै ठूलो मानिने वीरेन्द्रनगरस्थित सुर्खेत क्याम्पस (शिक्षा)मा अनेरावस्ववियुले कोषाध्यक्षबाहेक सबै पदमा जित हात पारेको छ ।

सभापतिमा अनेरास्ववियुका चक्रबहादुर शाहीले अखिल (क्रान्तिकारी)का महेश जीसीलाई १२ मत अन्तरले पराजित गरे । सचिवमा शाही प्यानलकै हिक्मत बस्नेत विजयी भए । मतदान बुधबार भए पनि विद्यार्थी संगठनको अवरोधका कारण शुक्रबार बिहानदेखि गणना सुरु भएको थियो । यहाँ १८ सय ५७ मतदातामध्ये ११ सय ७० मत खसेको थियो ।

निर्वाचन समितिका संयोजक दीपक सापकोटाका अनुसार सभापतिमा विजयी शाहीले तीन सय ८७ र उनका प्रतिद्वन्द्वी महेश जीसीले तीन सय ७५ मत ल्याए । नेविसंघ भने सबै पदमा तेस्रो स्थानमा खुम्चिएको छ । संघका तर्फबाट सभापतिमा राजकुमार सिजापतिले दुई सय ७४ मत ल्याए । २०६० सालदेखि यताका स्ववियु निर्वाचनमा यस क्याम्पसमा अनेरास्ववियुले विजय हासिल गर्दै आएको छ ।

यहाँका अन्य दुई सामुदायिक क्याम्पस अनेरास्ववियु विजयी भएको छ । हिमशिखर क्याम्पस रामघाटमा रमेश शर्मा र अमरदीप क्याम्पस नेवारेमा हरि देवकोटा विजयी भए । पश्चिम सुर्खेतको विद्यापुरस्थित जनता बहुमुखी क्याम्पसमा नेविसंघका पुरन रावल, गुमीस्थित भेरी शिक्षा क्याम्पसमा अखिल (क्रान्तिकारी)का रिकबहादुर विक विजयी बने । यहाँका सिम्ता बहुमुखी र गुर्भाकोट क्याम्पसमा अझै निर्वाचन हुन सकेको छैन ।

प्रकाशित : फाल्गुन २१, २०७३ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?