कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सिर्जनशील पत्रकारिता पुरस्कार गिरीलाई

कान्तिपुर संवाददाता

काठमाडौं — प्रेस चौतारी नेपाल नवलपरासी शाखाले प्रदान गर्ने यस बर्षको प्रेस चौतारी सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पत्रकार विद्रोही गिरी पुरस्कृत भएका छन्  ।

सिर्जनशील पत्रकारिता पुरस्कार गिरीलाई

मेची महाकाली अभियानका क्रममा एमालेले कावासोतीमा गरेको जनसभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले १५ हजार रुपैयाँर प्रमाणपत्रसहित सम्मान गरेका हुन् । उनलाई बरिष्ठ नेता माधवकुमार नेपालले दोसल्ला ओढाएका थिए ।

गिरी उज्यालो नेटवर्क र राससमा आबद्ध पत्रकार हुन् ।

पाँच बर्ष अगाडि समाजसेवी दीपेन्द्र अधिकारीले आफ्ना उद्यमी सुपुत्र स्व. शक्ति अधिकारीको सम्झना र प्रेस चौतारी नेपाल नवलपरासीका पूर्वअध्यक्ष कुलप्रसाद शर्माले आफ्ना माता पिताको सम्झना स्थापना गरेको अक्षय कोषबाट प्रेस चौतारीले हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने गरेको चौतारीका अध्यक्ष हिमालदेव पंगेनीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ३०, २०७३ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?