३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जिविस अब देखि जिल्ला समन्वय समिति

प्रतिक्षा काफ्ले

स्याङ्जा — स्थानीय तह पुनर्संरचना पारित भई राजपत्रमा प्रकाशन भएसँगै जिल्लामा स्थानीय निकायहरुको नयाँ नाम र जिम्मेवारी तोकिएको छ । साविक जिविस र गाविसको नाम परिवर्तन भई नगरपालिका र गाँउपालिकामा जिम्मेवारी हस्तान्तरण भएको छ ।

जिविस अब देखि जिल्ला समन्वय समिति

जिल्लामा ५ नगरपालिका र छ वटा गाउँपालिका बनेका छन् । शुक्रबारदेखि नयाँ संरचना लागु गर्ने भनिएता पनि यहाँ भने सोमबार देखी लागु गरिएको छ । साविक जिल्ला विकास समितिको बोर्ड परिवर्तन गरी सोमबार देखि जिल्ला समन्वय समिति लेखिएको छ ।

स्याङ्जा जिल्लामा ५ नगरपालिका र ६ वटा गाँउपालिका गरी ११ वटा केन्द्र रहने भएका छन । अबको पुनर्संरचना अनुसार ११ वडा केन्द्रमा ९५ वटा वडाहरु कायम भएका छन् । पुनर्संरचना तह प्राविधिक समितिका अनुसार अब जिल्लामा पुतलीबजार, वालिङ, भीरकोट र चापाकोटमा थप गल्याङ नगरपालिका हुनेछ भने त्यस्तै गरी हालको सेतीदोभान गाविसमा आँधीखोला नामको केन्द्र रहने त्यस्तै फेदीखोला गाविसमा फेदीखोला, अर्जुनचौपारी गाविस अन्तर्गत अर्जुनचौपारी, कृष्णगण्डकी गाविसमा कालीगण्डकी, विरुवा गाविसमा विरुवा केन्द्र, हालको चिसापानी गाविसमा हरिनाश गाँउपालिका रहने भएको छ ।

जिविस र गाविसको नाममा सोमबार देखि आर्थिक कारोबार स्थगित गरिएको कोलेनिका प्रमुख जयराम पौडेलले बताए । उनका अनुसार नयाँ संरचना अनुसार नयाँ कार्यालयको नाममा मात्र सोमबार देखि नै नयाँ आर्थिक कारोबार सुरु गरिएको छ ।

जिल्लाका पाँचवटा नगरपालिकामा उपसचिव कार्यकारी अधिकृत रहने र गाँउपालिकामा जनसंख्याको आधारमा उपसचिव कार्यकारी बनाइने परिपत्र अनुसार स्थानीय विकास मन्त्रालयले खटाउने भनिएका ९ जना कर्मचारी नआएसम्म कर्मचारी बाँडफाँड नगरिएको उनले बताए । हाललाई वडा र गाविसहरु समायोजन भएकाले साविककै कर्मचारी बाँडफाडँ गरी जिम्मेवारी तोकिने र सिनियर कर्मचारी कार्यकारी प्रमुख रहने उनको भनाई छ ।

 

 

प्रकाशित : फाल्गुन ३०, २०७३ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?