तालिम गर्दै ज्येष्ठ आरोही

म्याग्दी — ८६ वर्षको उमेरमा सगरमाथा चढ्ने तयारीमा रहेका आरोही मीनबहादुर शेरचन हाइअल्टिच्युड तालिमका लागि मुस्ताङ यात्रामा छन् । ९ वर्षअघि ७६ वर्षको उमेरमा उनले सगरमाथा आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा राखेको कीर्तिमानलाई २ वर्षपछि ८१ वर्षीय युइचिरो मिउराले पछि पारेका थिए ।

शेरचन यसपटक आगामी मे १२–२५ भित्र सगरमाथाको पुन: सफल आरोहण गर्ने तयारीमा जुटेका छन् ।

प्रकाशित : चैत्र ३, २०७३ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?