कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर — मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सुन्दर हरैंचा नगरपालिका ८ मा को १ ख ४६० नम्बर बसले ठक्कर दिंदा को ११ प ७१६९ नम्बर मोटरसाइकलमा सवार होमप्रसाद पौडेलको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसंगै रहेका फणिन्द्र पौडेल घाइते भएका छन् । उनको विराटनगरमा उपचार भइरहेको छ । यसैगरी सुन्दर दुलारी नगरपालिका ६ मा को ५ प ८१३४ नम्बर मोटरसाइकलको ठक्करले पैदलयात्री स्थानीय रामविलास चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ५, २०७३ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?