१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दुई बुल्गेरियन पक्राउ

लालप्रसाद शर्मा

पोखरा — एटिएम कार्डको प्रयोगबाट अरुको खाताको रकम झिकेको आशंकामा दुई बुल्गेरियन नागरिकलाई प्रहरीले शनिबार पर्यटकीय केन्द्र लेकसाइडबाट पक्राउ गरेको छ ।

लुसिनोभ र्‍यामन डिमोभ र मार्टिन रिस्टोभ पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । उनीहरुको साथबाट विभिन्न विदेशी बैंकका ८ एटिएम कार्ड ३ ल्यापटपसहित सामान पनि बरामद भएको छ ।

केही बैंकको सिसी क्यामेराले उनीहरुलाई शंकास्पद हिसावले एटिएम मेसिन वरपर घुमिरहेको देखिएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताए । ‘उनीहरुले कुन बैंकबाट रकम निकाले/निकालेनन् अनुसन्धानमै छ,’ उनले भने, ‘उनीहरुकाबिरुद्ध जाहेरी परेको छैन । तर शंका लागेर ल्याइएको हो ।’

काठमाडौंबाट कास्की प्रहरीलाई दिएको हुलिया पनि केही हदसम्म मिलेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रकाशित : चैत्र ५, २०७३ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?