२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बस पल्टिँदा एकको मृत्यु, नौ घाइते

दमक — आइतबार साँझ बस दुर्घटनामा परी गम्भीर घाइते झापा दमक–२ की ३० वर्षीया निता विष्टको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

आइतबार साँझ बा ३ ख ७८१५ नम्बरको बस कमल गाउँपालिका–५ सितापुरीस्थित पूर्व-पश्चिम राजमार्गमा पल्टिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते मध्ये विष्टको उपचारका क्रममा गएराति पौने ९ बजेतिर विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते दमक–२ कै २३ वर्षीया लक्ष्मी पोखरेल र वडा ९ का ४१ वर्षीय अनन्त खनालको न्यूरो अस्पतालमै उपचार भइरहेको छ । विपरीत दिशाको मे ३ प ५३९१ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा यात्रुबाहक बस अनियन्त्रित भएर पल्टिएको थियो । बस पल्टिँदा १० जना यात्रु घाइते भएका थिए । अन्य ७ जनाको भने दमकस्थित लाइफलाइन अस्पतालमा उपचार गरिएको दमकका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बुले जानकारी दिए ।

प्रकाशित : चैत्र ७, २०७३ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?