‘सीमांकनबाहेकमा संशोधनबारे छलफल गर्दै छौं’

काठमाडौं — कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेशको सीमांकनसहित संविधान संशोधनको प्रस्ताव दुई तिहाइ मतले पारित हुने अवस्था नभए के गर्ने भन्नेबारे पार्टीका नेताहरूको सुझाव लिएका छन् । बूढानीलकण्ठस्थित निवासमा आइतबार नेताहरूलाई बोलाएर उनले सुझाव लिएका हुन् ।

‘सीमांकनबाहेकमा संशोधनबारे छलफल गर्दै छौं’

अधिकांशले प्रदेश सीमांकनलाई थाती राखेर भए पनि निर्वाचनमा जानुपर्ने सुझाव दिएका थिए । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, फरमुल्ला मन्सुरलगायत मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले भने निर्वाचनमा जानुअघि संशोधन प्रस्ताव नै टुंग्याउनुपर्नेमा जोड दिए । स्रोतका अनुसार त्यसक्रममा देउवाले स्थानीय तहको निर्वाचन अब नरोकिने अवस्थामा अघि बढेकाले मोर्चालाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र आफू निरन्तर खटिरहेको बताएका थिए ।

संसदीय प्रक्रियामा रहेको संविधान संशोधन विधेयक पारित हुने अवस्था नरहे प्रदेशको सीमांकनलाई संघीय आयोगमार्फत हल खोज्ने गरी संशोधन प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भइरहेको देउवाले जानकारी दिएका थिए । उनले स्थानीय तहलाई प्रदेश मातहत राख्ने र राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलमा स्थानीय तहको प्रतिनिधित्व हटाउँदा मोर्चा सकारात्मक हुन सक्ने बताएका थिए ।

प्रकाशित : चैत्र ७, २०७३ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?