कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्षतिग्रस्त विद्यालय पुनर्निर्माण

भक्तपुर — भूकम्पले क्षतिग्रस्त एउटा विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ । भूकम्पले क्षति पुगेको सूर्यविनायक ८, सिपाडोलको सरस्वती आधारभूत विद्यालय भवन पुनर्निर्माण सुरु भएको हो । पूर्वउद्योगमन्त्री महेश बस्नेतले आइतबार विद्यालय भवन पुनर्निर्माणको शुभारम्भ गरे ।

उक्त भवन एईआईएन लग्जम्बर्गको सहयोग तथा मानवीय आस्था नेपाल नामक संस्थाको संयोजनमा करिब ५३ लाख रुपैयाँमा को लागतमा पुनर्निर्माण गर्न लागिएको हो । एईआईएनको ४५ लाख र स्थानीयको १५ प्रतिशत (करिब ८ लाख) सहयोगमा ३ महिनाभित्र भवन निर्माण गरिसक्ने लक्ष्य रहेको परियोजनाका संयोजक रामप्रसाद मानन्धरले दिए । 

भूकम्पले विद्यालयको दुवै भवनमा क्षति पुग्दा विद्यार्थीलाई साँघुरो असुरक्षित भवनबाट अध्यापन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक घनश्याम थापाले बताए । ‘भवन नहुँदा ४ असुरक्षित कोठामा कक्षा ७ सम्मका विद्यार्थी एकै ठाउँमा राखेर अध्यापन गराउँदै आएका छौं,’ उनले भने, ‘भवन अभावले विद्यार्थी पनि घटदै गएका छन् ।’

यहाँ नैचाल, सोचे, पाटी भञ्ज्याङ, काभ्रेको रानीकोटलगायतका बालबालिका अध्ययनरत छन् । नैचाल क्षेत्रमा सरस्वतीबाहेक अन्य कुनै विद्यालय छैन । अन्यत्र जान चाहने विद्यार्थीले कम्तिमा २ घण्टा पैदल हिँडेर साँगा वा पलासे जानुपर्ने बाध्यता रहेको प्रअ थापा बताउँछन् । विद्यालय पुनर्निर्माणपछि नर्सरीदेखि कक्षा ८ सम्म पढाउने व्यवस्था गर्ने उनले बताए । अहिले यहाँ कक्षा ७ सम्म पढाइ हुन्छ । 

विद्यालयमा शिक्षक दरबन्दी पनि कम छ । ६ शिक्षक दरबन्दी रहेको विद्यालयमा संस्थाको सहयोगमा एक राहत शिक्षक राखी कक्षा सञ्चालन भइरहेको छ । संस्थाले विद्यालयका ७० विद्यार्थीलाई खाजा, शैक्षिक सामग्री, पोसाक, झोलालगायत सहयोग पुर्‍याउँदै आएको छ । यस्तै अभिभावकलाई आत्मनिर्भर बनाउन सीपमूलक काममा सहभागी गराउन आधुनिक कृषिका लागि टनेल तथा सिलाइकटाइ तालिम दिइएको मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जितले बताए । बालबालिकाको उच्च शिक्षाका लागि विद्यालयले आमा समूह गठन गरी ‘अभिभावक तथा बाल बचत’ सुरु गरेको छ । 

प्रकाशित : चैत्र ७, २०७३ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?