नि:शुल्क शिविर

कालिकोट — पाठेघर खसेका महिलाका लागि सञ्चालित नि:शुल्क शल्यक्रिया शिविरमा नाम दर्ता गर्नेको घुइँचो लागेको छ ।

पाठेघरको समस्याबाट पीडित महिला शिविरमा नाम लेखाउन २/३ दिन पैदल हिँडेर जिल्ला अस्पताल पुगेका छन् । सुत्केरी भएका बेला गह्रांै भारी बोक्ने, शरीरलाई असर हुने गरी श्रम गर्ने, उचित सुत्केरी स्याहार नपाउने र सरसफाइमा ध्यान नपुर्‍याउँदा महिलामा पाठेघर समस्या देखिएको अस्पतालका प्रमुख डा. कौशल अलीले बताए ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामार्फत ५० भन्दा बढी महिला शिविरका लागि छनोट भएको डा. अलीको भनाइ छ ।

प्रकाशित : चैत्र ७, २०७३ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?