कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मोर्चाको व्यवहार हिंस्रक : ओली

नेपालगन्ज — एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको मेची–महाकाली अभियानका क्रममा मधेसी मोर्चाले अराजनीतिक, अलोकतान्त्रिक र हिंस्रक व्यवहार देखाएको आरोप लगाएका छन् ।

अभियान सकेर राजधानी फर्किने क्रममा आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिमा कतै स्वीकार्य नहुने काम छाडेर लोकतन्त्रमा विश्वास गर्न मोर्चालाई आग्रह गरे ।

‘निर्दोष जनतालाई भ्रममा पारेर उत्तेजनामा ल्याउने काम नगर्नुस्’, उनले भने, ‘पेट्रोल बम हानेर शान्तिपूर्ण आन्दोलन भन्न मिल्छ ? त्यो हिंसावादी व्यवहार हो । लोकतन्त्रमा हिंसाका लागि ठाउँ हुँदैन ।’

प्रकाशित : चैत्र ७, २०७३ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?