नारायणीमा हाम्फालेका सैनिक जवान अझै भेटिएनन्, महिलाको सकुशल उद्धार

कान्तिपुर संवाददाता

रत्ननगर (चितवन) — चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको अवस्था अझै फेला पार्न सकिएको छैन ।

यही चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना युवतीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हाम्म फालेका थिए ।

स्थानीयले दिएको जानकारीका आधारमा प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरे पनि पोखरेल बेपत्ता भएका थिए । आजसम्म पनि उनको अवस्था पत्ता नलागेको र खोजी जारी रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोलीले स्थानीय बोटेको सहयोगमा चितवन भरतपुर महानगरपालिका-२२ कि १८ वर्षीया सम्झना पौडेललाई उद्धार गरेको भए पनि पोखरेल भने बेपत्ता रहेका उनले बताए ।

भरतपुर–२१ का २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौली चितवनमा कार्यरत थिए । उनको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जना प्रेमीप्रेमीका रहेको जानकारी आएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित : चैत्र ७, २०७३ ०८:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मोर्चाको व्यवहार हिंस्रक : ओली

कान्तिपुर संवाददाता

नेपालगन्ज — एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको मेची–महाकाली अभियानका क्रममा मधेसी मोर्चाले अराजनीतिक, अलोकतान्त्रिक र हिंस्रक व्यवहार देखाएको आरोप लगाएका छन् ।

अभियान सकेर राजधानी फर्किने क्रममा आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिमा कतै स्वीकार्य नहुने काम छाडेर लोकतन्त्रमा विश्वास गर्न मोर्चालाई आग्रह गरे ।

‘निर्दोष जनतालाई भ्रममा पारेर उत्तेजनामा ल्याउने काम नगर्नुस्’, उनले भने, ‘पेट्रोल बम हानेर शान्तिपूर्णआन्दोलन भन्न मिल्छ ? त्यो हिंसावादी व्यवहार हो । लोकतन्त्रमा हिंसाका लागि ठाउँ हुँदैन ।’

प्रकाशित : चैत्र ७, २०७३ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT