दुर्घटनामा ३ को मृत्यु, १० घाइते

विराटनगर — पूर्वका विभिन्न जिल्लामा भएका दुर्घटनामा गएराति तीनजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । झापाको कमल गाउँपालिका ५ मा बस पल्टँदा दमककी ३० वर्षीया निता विष्टको मृत्यु भएको छ । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने क्रममा पल्टिएको बा ३ ख ७८१५ नम्बरको सो बसमा सवार १० जना घाइते भएका छन् । घाइतेको विराटनगर, दमकलगायत स्थानका अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको कन्चरुपका ना १ क ५२०० नम्बरको ट्रकले ठक्कर दिंदा भारदह २ की १६ वर्षीया नितु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।

सप्तरीकै शम्भुनाथ नगरपालिकामा ना १ क ५३६५ नम्बरको टिप्परले ठक्कर दिंदा साइकलयात्री स्थानीय २३ वर्षीय किसन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ७, २०७३ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?