१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

काठ तस्करीमा प्रहरी संलग्न

धरान — उपमहानगरपालिका–२० विष्णुपादुकास्थित भवानी थान सामुदायिक वनबाट प्रहरीकै संलग्नतामा काठ तस्करी भएको छ । आइतबार राति बलेरो जिपमा काठ लोड गरिरहेका बेला वन उपभोक्ता समितिका पदाधिकारीहरूले नियन्त्रणमा लिँदा प्रहरी नै संलग्न भएको खुलेको हो ।

उपभोक्ता समिति कोषाध्यक्ष राजबहादुर राईका अनुसार विष्णुपादुका अस्थायी प्रहरी पोस्टका इन्चार्ज खेमबहादुर कँुवर, जवान गंगा लिम्बूसहित काठ तस्करी गर्ने धरान १८ का विवेक लिम्बू र गाडी चालक नगेन्द्र किर्कीलाई पक्राउ गरी सेक्टर वन कार्यालयलाई बुझाइएको छ ।

कार्यालय प्रमुख ज्ञानकुमार लामाले तस्करीमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही थालिएको बताए ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?