नापी कार्यालय नहुँदा सेवाग्राही मर्कामा

तेह्रथुम — स्थानीय तह पुन:संरचना कार्यान्वयन गर्ने अख्तियारी पाएलगतै आठराई गाउँपालिका केन्द्र संक्रान्ती बजारमा मालपोत कार्यालय स्थापना भएको छ । मालपोतसँगै नापी कार्यालय नहुँदा भने आठराई यस क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् ।

नापी कार्यालय नहुँदा सेवाग्राही मर्कामा

भूमिसुधार तथा व्यावस्था मन्त्रालयअन्तर्गत नापीसँगै अख्तियारी पाएको मालपोल स्थापना भए पनि नापी स्थापना हुन सकेको छैन । दुवै कार्यालयले गत कात्तिकमा आठराई केन्द्र साविक संक्रान्ती बजार वडा नं. ६ मा कार्यालय स्थापना गर्ने अख्तियारी पाएका थिए ।

मालपोत र नापीको काम आपसमा सम्बन्धित भएको र नापी स्थापना नहुँदा आफूहरू मारमा परेको स्थानीय अमृत क्षत्रीले बताए । नापीको सेवा लिन ६७ किलोमिटर टाढा म्याङलुङ धाउनुपरेको उनले जानकारी दिए ।

नापी आठराईका लागि खटिएका प्रमुख मिथलेस यादवले संक्रान्ती बजारमा कार्यालय स्थापना हुने निश्चित भए पनि कहिले हुने भन्ने विषयमा आफू अनविज्ञ रहेको बताए । संक्रान्तीमा कार्यालय स्थापना गर्न माघ महिनामै नापीले घरभाडा सम्झैता गरेको थियो ।

संक्रान्तीमा नापी स्थापना भएपछि आठराई गाउँपालिकाको ७ वडा साविक सक्रान्ती, खाम्लालुङ, हाकु, इवा, छातेढुङ्गा, चुहानडाँडा र थोक्लुङ र फेदाव गाउँपालिकाको २ वडा साविक सम्दु र इसिवु गाविसका सेवाग्राहीले सेवा लिन पाउनेछन् ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?