बालकको शरीरमा गोलीको छर्रा

राजबहादुर शाही

मुगु — छायाँनाथ रारा नगरपालिका स्थित पिना गाउँका १३ वर्षीय दिनेश बमको दायाँ खुट्टाको पिडौला ११ वर्षदेखि गोली छर्रा अडकिएको छ ।

बालकको शरीरमा गोलीको छर्रा



विसं २०६२ सालको सशस्त्र द्वन्द्वकालमा दिनेशकी आमा नन्दलक्ष्मीले पिठ्यूँमा बोकेर खोलामा घाँस काट्दै गरेको बेला माओवादी र सेनाको दोहोरो भिडन्त हुँदा उनको पिडौंलामा गोलीको छर्रा थियो ।

पारिवारि गरिबीको समस्याका कारण उक्त छर्रा निकाल्न नसकेर पिडौंलामा अडकिएको छ । उकालो चढ्दा दगुर्दा दिनेशको पिडौंला दुख्ने गरेको छ ।

उनी पिडौंलामा गोली लाग्दा छोरा डेढ वर्षका थिए । 'हातले निकाल्न सकिएन जिल्ला बाहिर लिएर उपचार गर्ने पैसा भएन,' आमा नन्दलक्ष्मीले दुखेसो पोखिन् ।

'खोलाको किनारमा घाँस काटदै थिएँ,' नन्दलक्ष्मीले भनिन्, 'एक्कासी बन्दुक पडकिएको आवाज सुनियो हेर्दा त दिनेशको पिडौंलामा गोलाी लागेर रगत बगेको देखेँ ।'

'दिनेशको पिडौंलामा गोली छर्रा छ,' उनले भनिन्, 'गरिबीको समस्याले उति बेला निकाल्न नसकिएन, अहिले हुर्किदै जाँदा घाँउ पुरिँदै गयो कसरी निकाल्ने ?'

पछि क्यान्सर हुन्छ कि भन्ने चिन्ताले आफूलाई निद्रा नलाग्ने उनले सुनाइन् ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?