कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कान्तिपुरकर्मी बराल बाग्लुङमा पुरस्कृत

अगन्धर तिवारी

पर्वत — कान्तिपुर दैनिकका तनहुँ संवाददाता प्रकाश बराल बाग्लुङमा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ बाग्लुङले हरेक वर्ष प्रदान गर्ने हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट बराललाई बाग्लुङका गाउँबस्तीमा पुगेर खोज पत्रकारिता गरेको भन्दै पुरस्कृत गरिएको हो ।

कान्तिपुरकर्मी बराल बाग्लुङमा पुरस्कृत

कान्तिपुर दैनिकका तनहुँ संवाददाता प्रकाश बराल बाग्लुङमा पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ बाग्लुङले हरेक वर्ष प्रदान गर्ने हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट बराललाई बाग्लुङका गाउँबस्तीमा पुगेर खोज पत्रकारिता गरेको भन्दै पुरस्कृत गरिएको हो । बराललाई १५ हजार नगदसहित कदरपत्र र दोसल्ला ओढाएर बाग्लुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले र पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतमले पुरस्कृत गरे । लम्जुङ स्थायी घर भएका बरालले २०६६ देखि ७२ सम्म बाग्लुङमा रहेर पत्रकारिता गर्दै आइरहेका थिए । हाल उनी तनहुँबाट कान्तिपुरमा रिपोर्टिङ गर्छन् ।

बागलुङ २ का तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले बाबुआमाको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका थिए । ०७१ मा उनीहरुले पत्रकार महासंघमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर हरेक वर्ष पुरस्कृत गर्ने योजना बनाएका छन् । धौलागिरिमा उत्कृष्ट पत्रकारिता गर्नेलाई हरेक वर्ष वैशाख १ गते बाबु नारायणप्रसादको स्मृति दिवसका अवसरमा प्रदान गर्ने उक्त पुरस्कारबाट बाग्लुङकै स्तम्भ लेखक दिल निसानीमगर पनि पुरस्कृत भएका छन् । निशानीलाई पनि १५ हजार नगद, कदरपत्र र दोसल्लाले सम्मान गरियो । २०७२ सालभरि लेखिएका उत्कृष्ट खोजमूलक समाचार र स्तम्भलाई आधार बनाएर बराल र निसानी मगरलाई पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार छनोट समिति संयोजक एवं धौलागिरि बहुमुखी क्याम्पसका सहप्राध्यापक दिनबहादुर थापाले बताए ।

प्रकाशित : वैशाख २, २०७४ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?