कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

उम्मेदवार छनोट गर्न समस्या

मुगु — स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लाका राजनीतिक दललाई उम्मेदवार छनोट गर्न गाह्रो भएको छ । धेरै जनाको आकांक्षा देखिएपछि ठूला दललाई उम्मेदवार चयन गर्न हम्मेहम्मे परेको हो । उम्मेदवार छनोट गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरू गाउँमा पुगेपछि सक्रिय कार्यक्रताको हानथाप चलेको छ ।

पार्टीहरूले अहिलेसम्म वडामा समेत उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । उनीहरू आकांक्षीको नाम संकलन गर्दै सदरमुकाम फर्किन थालेका छन् । धेरै जनाको आकांक्षाले गर्दा वडादेखि गाउँपालिकासम्मका उम्मेदवार छनोट गर्न गाह्रो भएको कांग्रेसका पूर्वसभापति ऐनबहादुर शाहीले बताए । वडास्तरकै अध्यक्ष पदमा आठ जनासम्मले उम्मेदवार हुने चाहना राखेको शाहीको भनाइ छ । उनका अनुसार सोरु गाउँपालिकाको अध्यक्ष पदका लागि निम्ति १० जनाले चासो देखाएका छन् ।

छायाँनाथ रारा नगरपालिकामा मेयरका लागि एमालेबाट १० जना अघि सरेका छन् । नगरपालिकामा कांग्रेसबाट मेयरका लागि ५ जनाले उम्मेदवारीको दाबी गरेका छन् । करिब २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा उम्मेदवार चयन गर्न हम्मे भएको नेकपा एमालेका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।

निर्वाचनका लागि स्वयंसेवक गाउँ जाँदै
सुर्खेत– मतदाता शिक्षा सामग्रीसहित स्थानीय तह निर्वाचनसम्बन्धी विभिन्न जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वयंसेवकलाई गाउँ खटाउने तयारी गरेको छ । निर्वाचन कार्यालयले मतदाता स्वयंसेवकलाई दुई दिनको तालिमपश्चात् आइतबारदेखि सम्बन्धित फिल्डमा खटाउने तयारी गरेको हो । जिल्ला निर्वाचन अधिकारी सुनिता थापाका अनुसार मतदाता शिक्षाका लागि २ सय ४० जना स्वयंसेवक परिचालन हुँदैछन् ।

प्रकाशित : वैशाख ३, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?