कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्यान्सर अस्पतालमा ४० शय्या थप

भक्तपुर — भक्तपुर क्यान्सर अस्पतालले ४० शय्या विस्तार गरेको छ । ११० शय्यामा सञ्चालित अस्पतालमा बिरामीको बढदो चापका कारण सबै बिरामीलाई भर्ना गरी उपचार गर्ने अवस्था नभएपछि विभिन्न दाताको सहयोगमा अस्पतालले शय्या थप गरी सेवा विस्तार गरेको हो ।

दाताको सहयोगमा अत्याधुनिक स्मृति भवन निर्माण गरीे १० डिलक्स, एनेक्स तथा भीआईपी वार्डसहित ४० शय्या र अत्याधुनिक उपकरण थप गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपानले बताए । उनका अनुसार सोमबार काठमाडौं बागबजारका ८८ वर्षीय चिनिकाजी श्रेष्ठ र पत्नी शान्तादेवीको सहयोगमा निर्मित स्मृति भवनको साँचो हस्तान्तरणसँगै शय्या थप गरिएको हो । न्यौपानेका अनुसार श्रेष्ठ दम्पतीको सहयोगमा नवनिर्मित भवनको पहिलो तलामा २ अप्रेसन कक्ष, दोस्रो तलामा जनरल वार्ड र सुपर डिलक्स वार्ड निर्माण गरिएको हो । श्रेष्ठ दम्पतीले नवनिर्मित भवनको भुईं तलाको फल्स, सिलिङ, बिजुली जडान तथा अस्पतालका अधिकांश भवनमा रङरोगनका लागि सहयोग गरेका हुन् ।

स्वास्थ्यमन्त्री गगन थापाले सोमबार आयोजित कार्यक्रममा श्रेष्ठ दम्पतीको ४ करोड सहयोग र अन्य दाताबाट संकलित ९० लाखमा निर्माण भएको स्मृति भवन उद्घाटन गरे । थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने तयारी गरेको बताए । सरकार सबै नागरिकको स्वास्थ्य बिमा गरी क्यान्सर, मिर्गौला, मुटुलगायत जटिल प्रकृतिका रोगको नि:शुल्क उपचार गर्ने विधेयक तयार गरी संसदबाट पारित गर्ने अवस्थामा रहेको मन्त्री थापाले बताए ।

देशभरका क्यान्सरका बिरामीलाई गुणस्तरीय सेवा पुर्‍याउँदै आएको अस्पताललाई दाता र सरकारी सहयोग वृद्धि गराउँदै अझै सेवा विस्तार र विकास गर्नुपर्नेले बताए । अस्पतालले सोमबार उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ । कार्यक्रमम मन्त्री थापाले दाता श्रेष्ठ दम्पतीलाई कदरपत्रले सम्मानसमेत गरे । 

प्रकाशित : वैशाख ५, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?