कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एटीएमबाट चोरी गर्ने थुनामा

बुटवल — विभिन्न बैंकका एटीएम मेसिनबाट अनधिकृत रूपमा रकम चोरी गरेको अभियोगमा पक्राउ परेका दुई बुल्गेरियन नागरिक पुर्पक्षका लागि थुनामा गएका छन् ।

लुसिनोभ रेमोन डिमोभ र मार्टिन रितोभ इभानोभलाई बुधबार उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशबाट पुर्पक्षका लागि जिल्ला कारागार भैरहवा पठाइएको हो ।

उनीहरू नबिल बैंक र हिमालयन बैंक पोखराको एटीएम मेसिनबाट बैंकमा रहेका ग्राहकहरूको रकम कार्ड रिडर डिभाइस तथा मेमोरी कार्ड समेतको प्रयोग गरी निकालेको अभियोगमा पक्राउ परेका थिए । उनीहरूमाथि एटीएमबाट मास्टर कार्ड, भिसा कार्ड, इन्सर्ट कार्ड र पीओएसको प्रयोगबाट अनधिकृत रूपमा बैंकका ग्राहकहरूबाट रकम निकालेको समेत अभियोग छ । पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाइडस्थित रान्स अपार्टमेन्टमा फ्ल्याट भाडामा लिई बस्दै आएका उनीहरू गत चैत ५ गते पक्राउ परेका थिए । आरोपित अन्जर्ज अगनियानोभ निकोभ र पिटर भने फरार छन् । न्यायाधीशद्वय हरिकुमार पोख्रेल र हेमराज पन्तको इजलासले थुनामै राखी पुर्पक्ष गर्न आदेश दिएको हो ।

प्रकाशित : वैशाख ७, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?