हावाहुरीले जिल्ला प्राविधिक कार्यालय संखुवासभामा क्षति

दीपेन्द्र शाक्य

संखुवासभा — बुधबार राति चलेको हावाहुरीले जिल्ला प्राविधिक कार्यालयमा क्षति पुर्‍याएको छ । पानीसँगै परेको हावाहुरीले कार्यालयको छाना उडाएको छ भने महत्वपूर्ण कागजात समेतमा ठूलो क्षति पारेको छ । कार्यालयका लेखापाल केशव पोखरेलका अनुसार कार्यालयको छाना उडाएपछि कम्प्युटर, प्रिन्टर र स्क्यानरमा पूर्णरुपमा क्षति भएको छ ।

हावाहुरीले जिल्ला प्राविधिक कार्यालय संखुवासभामा क्षति

कार्यालयमा पानी पसेपछि प्रशासन र लेखा फाँटमा रहेको काजगात भिजेर काम नलाग्ने भएको उनले बताए । लेखा फाँटमा भित्ता झरेर काजगात पुरिएको छ । लेखासम्बन्धी कागजात पुरै नष्ट भएको अनुमान गरिएको छ । पोखरेलका अनुसार हावाहुरीले करिब २५ लाख बराबरको क्षति पुगेको छ ।

त्यस्तै, हावाहुरीले रेडियो संखुवासभाको सोलार प्यानलमा क्षति पारेको छ । सोलारका प्यानल हावाले उडाएर फुटेको अध्यक्ष कृष्णभगत प्रधानले बताए । हावाहुरीपछि गएको बिजुली नआउँदा गुरास एफएम, सुनाखरी एफएमको प्रशारण बन्द भएको छ । हावाहुरीले जिल्लाका अन्य स्थानमा पनि क्षति पारेको हुन सक्ने प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले बताए । क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ७, २०७४ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?