कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

पीडितलाई बास व्यवस्था छिटो गर : आयोग

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पपीडितलाई शीघ्र बसोबास व्यवस्था मिलाउन सरकारको पुन: ध्यानाकर्षण गराएको छ । आयोगले २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पको दुई वर्षपछि मंगलबार विज्ञप्ति जारी गर्दै पीडितलाई सरकारबाट समयमै राहत र बास उपलब्ध हुन नसकेको तथा पुनर्निर्माण कार्यमा ढिलाइ भएको औंल्याएको हो ।

आयोग प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा अनुगमन क्रममा दुई वर्ष बित्दा पनि अधिकांश पीडित त्रिपाल तथा टहरामा बस्न बाध्य पाइएको उल्लेख छ । भूकम्पलगायत प्राकृतिक प्रकोपबाट प्रभावित तथा जोखिममा परेका नागरिकको अधिकार रक्षार्थ शीघ्रातिशीघ्र राहत उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । कतिपय पीडितको पहिचानै हुन नसकेको, विद्यालय, अस्पताल, सांस्कृतिक सम्पदालगायत सार्वजनिक संरचना पुनर्निर्माणमा ढिलाइ भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

आयोगले भूकम्पबाट अति प्रभावित जिल्लाका अस्पताल, विद्यालय, क्षतिग्रस्त घर तथा संरचनाको अनुगमन गरिएको जनाएको छ । आयोगले गत वर्ष नै पुनर्निर्माण विषयमा सरकारलाई ३४, राजनीतिक दललाई ३, गैरसरकारी संस्थालाई ३, नागरिक समाजलाई ३ र सबैलाई १ गरी ४४ वटा सिफारिस गरेको थियो । तिनको यथोचित सम्बोधनका लागि पनि आयोगले सरकारलाई पुन: आग्रह गरेको छ ।

प्रकाशित : वैशाख १३, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?