२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

हुन्डाईको नयाँ थ्रीएस सेन्टर विराटनगरमा

काठमाडौं — नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टलले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित विराटनगरमा नयाँ थ्रीएस सेन्टर सुरु गरेको छ ।

हुन्डाईको नयाँ थ्रीएस सेन्टर विराटनगरमा

विराटनगर र आसपासमा बढ्दो हुण्डाई गाडीको मागलाई मध्यनजर गर्दै डिलरसीप स्थापना गरेको कम्पनीले जनाएको छ । रोयल अटो वर्ल्डअन्तर्गत स्थापना गरिएको सेन्टरको रोयल अटोका भीमप्रसाद पौडेल तथा लक्ष्मी ईन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सेन्टरमा पाँचवटासम्म गाडीको सोरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । सेन्टरमा प्रतिमहिना छ सय वटासम्म गाडीलाई सेवा दिने क्षमता रहेको कम्पनीले जनाएको छ । उक्त कम्पनीले उपत्यका बाहेकका ठाउँमा पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, बनेपाजस्ता सहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

प्रकाशित : वैशाख १७, २०७४ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?