कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेस–माओवादी केन्द्र तालमेल

धादिङ — आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङका नगरपालिका र विभिन्न गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । दुई दलले स्थानीय तहको निर्वाचनका लागि नगर र गाउँपालिकामा आपसी पदीय भागबन्डा गरेका छन् ।

२ नगरपलिका र ११ वटा गाउँपालिका रहेको धादिङमा सदरमुकामको नीलकण्ठ नगरपालिका र ५ वटा गाउँपालिकामा प्रमुख र उपप्रमुखको भागबन्डा मिलाएको दुवै दलले बताएका छन । नीलकण्ठ नगरपालिकाको मेयरमा कांग्रेसका भीम ढुंगाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी छन् ।

त्यस्तै चुनावी तालमेलपछि राजमार्गका गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा काँग्रेसका शर्मिला बिसुराल, बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका हरि डल्लाकोटी र उपाध्यक्षमा कांग्रेसका देवीप्रसाद सिलवाल रहेका छन् ।

थाँक्रे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका जिन्दगी थापा, उपाध्यक्षमा कांग्रेसका रामकुमार लामा, ज्वालामुखीको अध्यक्षमा कांग्रेसका विनोद तिमिल्सिना र उपाध्यक्षमा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठ, गल्छी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विनोद कार्की र उपाध्यक्षमा माओवादी केन्द्रका मीरा झ्यारी रहेका छन् । सहमतिपछि नीलकण्ठमा बिहीबार ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रकाशित : वैशाख २३, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?