कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चुनावी अभियानमा प्रयोग भएको टाटा सुमोमा आगजनी

नवीन पौडेल

कावासोती — जिल्लाको चुनावी अभियानमा प्रयोग भएको एक सवारीसाधनमा मंगलबार बिहान अज्ञात समूहले आगजनी गरेको छ ।

चुनावी अभियानमा प्रयोग भएको टाटा सुमोमा आगजनी

कावासोती-८ का शंकर ढकालको बा १३ च ७१५० नम्बरको टाटा सुमो गाडीमा बिहान ३ बजेको समयमा आगलनी भएको प्रहरीले जनाएको छ ।

अगाडिको टायरमा बोरामा मट्टीतेल खन्याएर लगाएको आगोले इन्जिन पूर्णरुपमा ध्वस्त भएको छ । स्थानीय निर्वाचनमा राप्रपा नेपालको चुनावी प्रचारप्रसारमा सो सवारी प्रयोग भएकाले चुनाव विरोधी तत्वले आगजनी गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

२ युवा आगो लगाएर भागेको सूचना आएको र उनीहरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाले बताए ।

प्रकाशित : वैशाख २६, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?