२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सातदोबाटो-चापागाउँ दोबाटो-ढोलाहिटी सडक अवरुद्ध

प्रशान्त माली

ललितपुर — ललितपुरको सातदोबाटो क्षेत्रका स्थानीयवासीले सातदोबाटो-चापागाउँ दोबाटो-ढोलाहिटी सडक अवरुद्ध पारेका छन् । सम्बन्धित सरकारी निकायले उक्त सडक निर्माणमा चासो नदिएको भन्दै सडक अवरुद्ध पारेका हुन् ।

सातदोबाटो-चापागाउँ दोबाटो-ढोलाहिटी सडक अवरुद्ध

ललितपुरको सातदोबाटो क्षेत्रका स्थानीयवासीले सातदोबाटो-चापागाउँ दोबाटो-ढोलाहिटी सडक अवरुद्ध पारेका छन् । सम्बन्धित सरकारी निकायले उक्त सडक निर्माणमा चासो नदिएको भन्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन् ।

बुधबारसम्म चुनावी माहोलले तातेको उक्त टोल अहिले सडक अवरुद्धसँगै सेलाएको छ । स्थानीय मतदाता बाटोबारे जसले सम्बोधन गर्छ उनै उम्मेदवारले भोट पाउने बताउँछन् ।

स्थानीयवासी अजय क्षत्रीका अनुसार पहिलो चरणको आन्दवलनको कार्यक्रममा दैनिक बिहान २ घण्टा अवरोध गर्ने र सम्बन्धित निकायले यसको अझै वेवास्ता गरेमा थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने बताए । उनले चुनावको बेला समेत बाटोबारे वेवास्ता गरेको भन्दै उम्मेदवारप्रति रोष प्रकट गरे।

उक्त सकडक खण्डको ठेक्का युनाइटेढ विल्डर्सले पाएको थियो । सडक पानी परेको बेला हिलाम्य र नपरेको बेला धुलाम्य हुने गरेको छ ।

अहिले सडक हिलाम्य भएर पैदल यात्री सवारी साधनले सास्ती खेप्नु परेको छ । दुईपाङ्ग्रेदेखि ठूलाठूला ट्रक समेत हिलोमा फस्ने गरेको छ ।

उक्त सडक समयमै कालोपत्रे हुनुपर्ने र २२ मिटर चौडा हुनुपर्ने भएपनि अहिले न कालोपत्रे भएको छ न त २२ मिटर चौडा बनाइएको छ ।

तत्काली ललितपुरका प्रमुख जिल्ला अधिकारी शशीशुखर श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जिएलडी मापदण्ड २२ मिटरलाई घटाएर १८.२ मिटर कायम गराएको थियो।

प्रकाशित : वैशाख २८, २०७४ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?